पल्सर स्पोर्टस् अवार्ड : मनोनयनमा क्रिकेटको वर्चश्व

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरेको हो ।

मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी, युवा खेलाडी र वर्षको उत्कृष्ट प्रशिक्षक गरी ४ विधाको मनोनयन सार्वजनिक गरेको हो । पिपुल्स च्वाइस अवार्डको मनोनयन यसअघि नै सर्वाजनिक भइसकेको छ ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको मनोनयनमा क्रिकेटको वचश्र्व रहेको छ । ५ विधाको उत्कृष्ट ५ को मनोनयनमा क्रिकेटका ६ खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । यस्तै फुटबलका ४, भलिबलका ३, एथ्लेटिक्स, प्याराग्लाइडिङ, जुडो र ब्याड्मिन्टनका २–२ तथा गल्फ, जुडो, तेक्वान्दो, कराँते र शारिरीक सुगठनका १–१ खेलाडी मनोनयनमा परेका छन् ।

क्रिकेटका पारस खड्का र सोमपाल कामी उत्कृष्ट पुरुष खेलाडी, सीता रानामगर उत्कृष्ट महिला खेलाडी, ललितनारायण राजवंशी उत्कृष्ट युवा खेलाडी, जगत टमटा उत्कृष्ट प्रशिक्षक र सन्दीप लामिछाने पिपुल्स च्वाइस विधामा मनोनयनमा परेका छन् । यस्तै, फुटबलकी सावित्रा भण्डारी उत्कृष्ट महिला र पिपुल्स च्वाइसमा मनोनयनमा पर्दा मञ्जलीकुमारी योञ्जन उत्कृष्ट युवा खेलाडी र हरि खड्का उत्कृष्ट प्रशिक्षकमा मनोनयनमा परेका छन् ।

यसैगरी भलिबलकी रेश्मा भण्डारी पिपुल्स च्वाइस, सरस्वती चौधरी उत्कृष्ट महिला खेलाडी र ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षकमा मनोनयनमा परेका छन् । यस्तै, एथ्लेटिक्सका अजितकुमार यादव उत्कृष्ट युवा र धनीराम चौधरी उत्कृष्ट प्रशिक्षकमा मनोनयनमा परेका छन् भने प्याराग्लाइडिङका युकेश श्रेष्ठ र योगेश भट्टराई क्रमशः उत्कृष्ट पुरुष खेलाडी र प्रशिक्षकममा मनोनयनमा परेका छन् । जुडोकी मनिता श्रेष्ठ उत्कृष्ट महिला र इन्द्रबहादुर श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडीमा मनोनयनमा परेका छन् ।

ब्याडमिन्टनका प्रिन्स दाहाल पब्लिकि च्वाइस र उत्कृष्ट युवा खेलाडीमा मनोनयनमा पर्दा गल्फका शुक्रबहादुर राई उत्कृष्ट पुरुष, तेक्वान्दोकी निमा गुरुङ उत्कृष्ट महिला, कराँते विजय श्रेष्ठ युवा खेलाडी र शारिरीक सुगठनका महेश्वर महर्जन पिपुल्स च्वाइस अवार्डमा मनोनयनमा परेका छन् ।

कुन विधामा को–को मनोनयनमा ?

उत्कृष्ट पुरुष खेलाडी

  • पारस खड्का (क्रिकेट)
  • सोमपाल कामी (क्रिकेट)
  • युकेश गुरुङ (प्याराग्लाइडिङ)
  • शुक्रबहादुर राई (गल्फ)
  • इद्रबहादुर श्रेष्ठ (जुडो)

उत्कृष्ट महिला खेलाडी

  • सावित्रा भण्डारी (फुटबल)
  • सीता रानामगर (क्रिकेट)
  • सरस्वती चौधरी (भलिबल)
  • मनिता श्रेष्ठ (जुडो)
  • नीमा गुरुङ (तेक्वान्दो)

उत्कृष्ट युवा खेलाडी

  • ललित नारायण राजवंशी (क्रिकेट)
  • मञ्जलीकुमारी योञ्जन (फुटबल)
  • प्रिन्स दाहाल (ब्याडमिन्टन)
  • अजितकुमार यादव (एथ्लेटिक्स)
  • विजय श्रेष्ठ (कराँते)

उत्कृष्ट प्रशिक्षक

  • जगत टमटा (क्रिकेट)
  • हरि खड्का (फुटबल)
  • योगेश भट्टराई (प्याराग्लाइडिङ)
  • धनीराम चौधरी (एथ्लेटिक्स)
  • ज्ञानेन्द्र विष्ट (भलिबल)

पिपुल्स च्वाइस अवार्ड

  • सन्दीप लामिछाने (क्रिकेट)
  • सावित्रा भण्डारी (फुटबल)
  • रेश्मा भण्डारी (भलिबल)
  • पिन्स दाहाल (ब्याडमिन्टन)
  • महेश्वर महर्जन (शारिरीक सुगनठन)

अवार्ड विजेता के पाउँछन् ?

१७ असारमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा ९ विधानमा अवार्ड प्रधान गरिने छ । उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले बजाजको एनएस १६० सीसीको मोटरसाइकल पाउने छन् । यस्तै अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउने छन् ।

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिटक, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा असार १७ गते कार्यक्रमकै दिन गरिनेछ ।

एनएसजेएफ स्पोर्टस् अवार्डलाई हंशराज हुलासचन्द एन्ड कम्पनीले मुख्य प्रायोजक गरेको छ । यस्तै गोल्डस्टार र डिस मिडिया नेटवर्क मुख्य सह–प्रायोजक रहेका छन् । यसैगरी सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, साहस स्पोर्ट्स, इमेजिङले पनि अवार्डलाई प्रायोजन गरेका छन् ।