°
, June 1, 2023 in

पुमासले रद्द गर्‍यो अल्भेससँगको सम्झौता

SHARE:

मेक्सिकन क्लब पुमासले ब्राजिलियन भेट्रान डिफेन्डर ड्यानी अल्भेससँगको सम्झौता रद्द गरेको छ। पुमासको निर्देशक बोर्डले अल्पससँगको सम्झौता एकतर्फी रुपमा खारेज गर्ने निर्णय गरेको हो।

गत डिसेम्बरको अन्तिममा बार्सिलोनाको एक नाइट क्लबमा एक महिनामाथि यौन दुर्व्यहार गरेको आरोपमा अल्सेभ गत शुक्रबार बार्सिलोनाबाट पक्राउ परेका थिए। अदालतले अल्भेसलाई धरौटीमा छोड्न अस्वीकार गरेपछि उनी अहिले जेलमा छन्।

पुमासले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै अल्भससँगको सम्झौता रद्द गरिएको जानकारी दियो । उनी माथि लागेको अरोपपछि क्लब बोर्डले सम्झौता रद्द गर्ने निर्णय गरेको क्लबा निर्देशक लियोपोल्डो सिल्भाले बताए ।

‘पुसमास क्लब मात्र होइन, एउटा संस्था हो । हामी खेलाडीबाट मैदानभित्र र बाहिर सबैलाई सम्मान र व्यवसायिक खोज्छौं र त्यसलाई बढवा दिन चाहन्छौं,’ निर्देशक सिल्भाले भनेका छन्, ‘हाम्रा खेलाडीहरू मेक्सिको र समग्र विश्वकै रोल मोडल हुनुपर्छ। हाम्रो देशका युवा खेलाडी र महिलाहरूको विकासमा अनुकरणीय रहेको दर्शनलाई हामी एक व्यक्तिलाई बिगार्ने अनुमति दिन सक्दैनौं।’

SHARE: