हाइस्कोरिङ म्याचमा पञ्जाबको रोमाञ्चक जित, सन्जुले कीर्तिमानी शतक बनाए पनि राजस्थान पराजित

Read Time:3 Minute

मुम्बईस्थित वन्खाडे स्टेडियममा भएको हाइस्कोरिङ म्याचमा पञ्जाब किंग्सले बाजी मारेको छ । सोमबार राति कुल ४३९ रन बनेको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थान रोयर्समाथि ४ रनको रामोञ्चक जित निकाल्यो ।

अन्तिम दुई ओभरमा अर्सदीप सिंह र रेइली मेरेडिथले उत्कृष्ट बलिङ गरेपछि पञ्जाबको जित सम्भव भएको थियो। अन्तिम दुई ओभरमा २१ रन चाहिएको अवस्थामा १९औं ओभरमा मेरेडिथले ८ रन मात्र दिएर १ विकेट लिए। यसअघिका ३ ओभरमा उनले ४१ रन खर्चेका थिए । अन्तिम ओभरमा राजस्थनलाई जितका लागि १३ रन चाहिएको थियो, तर युवा बलर अर्सदीपले ८ रन मात्र दिएर १ विकेट लिए।

१२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो । उसका कप्तान सन्जु सामसनले कीर्तिमान शतक प्रहार गरेपनि टिमलाई जित दिलाउन सकेनन् । ११९ रनको उत्कृष्ट इनिङ खेलेका सामसन कप्तानी गरेको पहिलो खेलमै शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

सामसनले ६३ बल खेल्दै १२ चौका र ७ छक्का प्रहार गरे। यस्तै, रियान परागले ११ बलमा २५ रन, जोश बट्लरले १३ बलमा १२ रन बनाए भने शिवम दुवेले १५ बलमा २३ रन बनाए । पञ्जाबका अर्सदीपले ३ तथा मोहम्मद सामीले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान लोकेश राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

राहुलले ५० बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९१ रन बनाए भने हुडाले २८ बलमा ४ चौका र ६ छक्का मद्दतमा ६४ रन बनाए। । यी दुईले तेस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए । यस्तै क्रिस गेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन बनाए ।

बलिङमा राजस्थानका लागि डेब्यु खेलाडी चेतन शाकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिए ।

मंगलबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्ने छन् । खेल एमए चिदम्बरम स्टेडियम चेन्नईमा हुने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यू–१९ क्रिकेटलाई चौधरी ग्रुपको साथ
Next post चर्च ब्वाइज सी डिभिजन च्याम्पियन, वीरगञ्ज र सामाजिक युवा बी डिभिजनमा बढुवा
Close