अनलाइन पुम्से तेक्वान्दोमा पुष्प र चन्दुलाई स्वर्ण

Read Time:1 Minute

अल्पाइनका पुष्पप्रसाद गौतम र मिनिल्यान्डकी चन्दु शाहीले प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुषमा पुष्पले ६।३० अंक तथा महिलामा चन्दुले ६।७६ अंक जोडे ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेश्रो भए । महिलामा लुनारकी रंगिला रोका दोश्रो तथा विद्याआर्जनकी मुना खवास मगर र पिस नेपालकी सारदा धिमाल तेश्रो बने ।

पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २÷२ हजार नगद पुरस्कार पाए । प्रतियोगिताको पुरुषमा २९ तथा महिलामा ८ डोजाङ प्रमुखले प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सुमन अर्यालको गोलमा हारबाट जोगियो आर्मी, बराबरीसँगै उपाधि होडबाट टाढियो
Next post पुष्पलाल ब्याडमिन्टनलाई लिनिङ्गको साथ
Close