२८ दिनसम्म कतारमा चललेको विश्वकप फुटबलको २२औं संस्करण आइतबार सकिएको छ। फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले उपाधि जित्यो।
कतार विश्वकपम केही स्टार खेलाडीले आफ्नो छवि अनुसरको प्रदर्शन गरे। जसमा लियोनल मेसी, किलियन एम्बाप्पे, एन्टोइन ग्रिजमनलगायत छन्।
उनीहरुसँग केही युवा खेलाडीले पनि कतारमा आफ्नो छाप छोड्न सफल रहे। विश्वकप अगाडि खासै चर्चाका नरहेका उनी विश्वकपमा खुबै छाए । विश्वकपमा उनीहरूको प्रदर्शन पछि युरोपका ठूला क्लबले उनीहरुमाथि चासो देखाएका छन्।
यी हुन ठूला क्लबको नजरमा परेका कतार विश्वकपका स्टारहरुः
कोडी गाक्पो
२३ वर्षीय डच विंगर विश्कपमा खुबै छाए । उनी समूहका तीनै खेलमा गोल गर्न सफल रहे। विंगर र मिडफिल्ड जता पनि उत्तिकै राम्रो प्रदर्शन गर्न सक्ने गाक्पो डच क्लब पिएसभी इन्डहोभनबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्।

यो सिजनले पिएसभीमा १३ गोल गरेका गाक्पोले विश्वकपमा पनि सोही लय देखाए । विश्वकपमा उनको प्रदर्शनसँगै उनलाई भित्र्याउन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड, आर्सनल र लिड्स युनाइटेडले चासो देखाएका छन्।
सम्भवतः उनी म्यान्चेस्टर युनाइटेड जाने छन्। प्रशिक्षक एरिक टेन ह्यागले विश्वकप अघिदेखि नै गाक्पोमाथि नजर लगाएका थिए । युनाइटेडले क्रिस्टियानो रोनाल्डोको रिप्लेसमेन्टका रुपमा गाक्पोलाई भित्र्याउन चाहेको छ। उसका लागि युनाइटेडले ४३ मिलियन युरो प्रस्ताव गरेको छ।
जस्को गार्डिओल
कतार विश्वकपमा सबैभन्दा प्रभावशाली प्रदर्शन गर्ने डिफेन्डर हुन्, जस्को गार्डिओल। २० वर्षीयी यी सेन्ट्रल डिफेन्डरले क्रोएसियाका क्रोएसियाको तेस्रो बन्दासम्को यात्रामा उत्कृष्ट खेल प्रदर्शन गरे।

जर्मन क्लब आरबी लेइपजिगबाट व्यवसायिक फुटबल खेल्ने गार्डिओलले डिफेन्समा मात्र नभएर थुप्रै पटक बल अगाडि बढाएर विपक्षी डिफेन्सलाई दबाबमा राखे। उनको टिम क्रोएसिया लगातार दोस्रो पटक फाइनल पुग्न नसकेपछि उनले आफ्नो छाप छोड्न सफल रहे।
विश्वकमा आक्रामक डिफेन्डरको छवि बनाएका गार्डिओलमाथि युरोपका टप क्लबले नजर लगाएका छन्। विन्टर ट्रान्सफरमा उनलाई भित्र्याउन स्पेनिस जाइन्ट रियल मड्रिड, इंग्लिस क्लब म्यान्चेस्टर सिटी, चेल्सीले चासो राखेका छन्। गार्डिओल सम्भवतः यो जनवरीमा रियल या सिटी जाने पक्का छ। उनलाई भित्र्याउन सय मिलिनयन युरोभन्दा बढी खर्चनुपर्ने निश्चित छ।
सोफ्यान आम्रबात
कतार विश्वकपमा अफ्रिकन मुलुक मोरक्को अविश्वसनीय प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय ग¥यो। यो यात्राका मुख्य खेलाडी थिए, २७ वर्षीय सोफ्यान आम्रबात ।

डिफेन्सिभ मिडफिल्डबाट खेल्ने उनी मैदानमा जाताततै छाए । उनले विपक्षीका थुप्रै खतरानाक काउन्टर मुभ विफल बनाए भने आफ्ना स्ट्राइकरलाई विपक्षीको ‘फाइलन थर्ड’ राम्रा बल पनि निकाले । यही प्रदर्शनका कारण उनी विश्वकपको ड्रिम–११मा पर्ने निश्चित जस्तै छ।
इटालियन क्लब फियोरेन्टिनाबाट व्यवसायिक फुबटल खेल्न आम्रवात भित्र्याउन इंग्ल्सि क्लब लिभरपुल र टोटनहमले चासो देखाएका छन्। लिभरपुलले आम्राबातका लागि ४५ मिलियन युरोको प्रस्ताव पनि गरिसकेको छ।
इन्जो फर्नान्डेस
कतार विश्वकपका सर्वोत्कृष्ट युवा खेलाडी हुन्, २१ वर्षीय अर्जेन्टाइन मिडफिल्डर इन्जो फर्नान्डेस। प्रतियोगिताअघि गुमनाम रहेका फर्नान्डेस प्रतियोगिता सकिँदा स्टार बनेका छन्।
अर्जेन्टिनालाई ३६ वर्षपछि च्याम्पियन बनाउने मिडफिल्ड फर्नान्डेसको भूमिका महत्वपूर्ण भूमिका थिए। प्रतियोगिताका १ गोल गरेका फर्नान्डेस डिबक्स बाहिरबाट पावरफुल सट प्रहार गर्न माहिर छन्।

यसै समर ट्रान्सफरमा अर्जेन्टिनी क्लब रिभर प्लेटबाट पोर्चुगिज क्लब बेन्फिाका आएका उनीमाथि अहिले युरोपका ठूला क्लबको नजर छ। उनलाई भित्र्याउन इंग्लिस क्लब लिभरपुल, चेल्सी, म्यान्चेस्टर सिटी, युनाइटेड, चेल्सी तथा स्पेनिस जाइन्ट रियल मड्रिडले पनि चासो देखाएको छ।
१० मिलियन युरोमा बेन्फिका आएका फर्नान्डेसका लागि बिहीबार मात्रै लिभरपुलले ८८ मिलियन युरोको प्रस्ताव राखेको थियो । तर, बेन्फिाकाले सो प्रस्ताव अस्वीकार गरेको छ। उसले फर्नान्डेसको रिलिज क्लस १०५ मिलियन युरो तोकेको छ।
जमाल मुसियाला
कतार विश्वकप जर्मनीका लागि निराशाजनक रह्यो। जर्मनी समूह चरणबाटै बाहिरिए पनि अट्याकिङ मिडफिल्डर १९ वर्षीय जमाल मुसियालाले आफूलाई भविष्यको स्टारका रुपमा स्थापित गरे।
जर्मन क्लब बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्ने मुसियाला यो सिजन उत्कष्ट लयमा छन्, त्यही लय उनले कतारमा पनि देखाए । ६ महिनाअघि सम्म गुमनाम जस्तै रहेका मुसियालाको मार्केट भ्यालु अहिले १ सय मिलियन युरो हाराहारि छ।

कतारमा विश्वकपमा उनले १९ ड्रिबल गरेका थिए। यो प्रतियोगितामा कुनै पनि खेलाडीले गरेको सर्वाधिक दोस्रो ड्रिबल हो। उनीभन्दा अघि फ्रान्सका किलियन एम्बाप्पे छन्। मुसियालाले समूहको अन्तिम खेलमा कोस्टारिकाविरुद्ध मात्रै १३ ड्रिबल गरेका थिए। यो विश्वकपको एकै खेलमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक ड्रिबल हो।
०००
गाक्पो, गार्डिओल, अम्राबात, फर्नान्डेस र मुसियालासँगै इंग्ल्यान्डका १९ वर्षीय मिडफिल्डर जुडे बेलिङ्घमले विश्वकपमा चर्चामा रहे। विश्वकप अघि पनि चर्चामै रहेका उनले विश्वकपमा पनि त्यही लय समाते। उनलाई भित्र्याउन अहिले रियल मड्रिड, लिभरपुल र म्यान्चेस्टर सिटी लागिपरेका छन्।

यस्तै, मोरक्कोका मिडफिल्डर एज्जेदिन उनाही, पोर्चुगिज स्ट्राइकर गोन्सालो रामोस र क्रोएसियन गोलकिपर डोमेनिक लिभाकोभिच पनि विश्वकपमा चर्चामा रहे। यो सिजनपछि उनीहरु पनि युरोपका ठूला क्लबमा देखिए कुनै आश्चर्य हुने छैन।