गोलको कीर्तिमान बनेको कतार विश्वकप

Read Time:2 Minute

२८ दिनसम्म चलेको कतार विश्वकप आइतबार रातिबाट सकिएको छ। आइतबार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना ३६ वर्षपछि च्याम्पियन बन्यो।

कतारमा विश्वकपमा अहिलेसम्मकै सर्वाधिक गोलको भएको विश्वकप बनेको छ। यसपटक विश्वकपमा केल १७२ गोल भयो।

यसअघि सन् १९९८ र २०१४ मा भएका विश्वकप समान १७१ गोल भएको थियो।

स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इंग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा ६ खेल गोलरहित बराबरी भएका थिए। 

सन् २०२६ को संस्करणमा लगभग निश्चित रूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्वकप ४८ टिम सहभागी हुनेछन्।

यसको अर्थ न्यूनतम ८० खेलहरूको साथ हुने प्रतियोगिताले धेरै गोल हुने नश्चित छ। फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ। 

आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टिमले बराबर तीन गोल गर्दै कुल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए।

फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि चुम्न सफल भयो।

कतार विश्वकपमा सर्वाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पे बने। उनले पेनाल्टीसहित ८ गोल गरे। मेसीले फाइनलमा दुईसहित कुल ७ गोल गरे । प्रफान्सका ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजले समान चार गोल गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसीले भने– च्याम्पियनका रुपमा अझै खेल्न चाहन्छु, रमाउन चाहन्छु
Next post सट्टाबाजीमार्फत विश्वकपमा नेपालबाट बाहिरियो करोडौं रकम
Close