श्रीलंका भ्रमणका लागि दक्षिण अफ्रिकी बावुमाको कप्तानीमा टिम घोषणा, परेनन् डि कक, मिलर र एनगिडी

श्रीलंका भ्रमणका लागि दक्षिण अफ्रिका क्रिकेट बोर्डले टिमको घोषणा गरेको छ। आगामी सेप्टेम्बरमा कोलम्बोमा हुने ‘ह्वाइट बल’ सिरिजका लागि बोर्डले बिहीबार टेम्बा बावुमाको कप्तानीमा टिमको घोषणा गरेको छ।

श्रीलंका भ्रमणमा दक्षिण अफ्रिकाले समान ३ खेलको एकदिवसीय र टि–२० सिरिज खेल्ने छ। दुवै सिरिजका लागि बोर्डले १९ सदस्यीय टिम घोषणा गरेको हो।

बोर्डले बावुमाको कप्तानीमा घोषणा गरेको एदिवसीय टिममा तीन मुख्य खेलाडी भने पर्न असफल भएका छन्। बोर्डले क्वेन्टर डि कक, डेविड मिलर र लुंगी एनगिडीलाई बाहिरा राख्दै टिम घोषणा गरेको हो। यी तीनै खेलाडी टि–२० टिममा भने परेका छन्।

बोर्डले तीनै खेलाडीलाई टि–२० विश्वकपका लागि आराम दिइएको बताएको छ। श्रीलंका र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिज २–७ सेप्टेम्बरसम्म हुने छ भने टि–२० सिरिज १०–१४ सेप्टेम्बरसम्म हुने छ।

एकदिवसीय टिमः टेम्बा बावुमा, जुनियर डाला, बेउरन हेन्ड्रिक्स, रिजा हेन्ड्रिक्स, हेनरिच कलासेन, जर्ज लिन्डे, जनेमन मलान, केशव महाराज, एइडन मरक्राम, विआन मुल्डर, एनरिच नोर्किया, एन्डिल फेलुक्वायो, ड्वायन प्रेटोरिस, कागिसो रबाडा, तव्रिस साम्सी, सस्सीइ भान डेर डुसेन, कायल वेरियन्न, लिजाड विलियम्स ।

टि–२० टिम: टेम्बा बावुमा, क्वेन्टन डि कक, बिजोर्न फोर्टुन, बेउरन हेन्ड्रिक्स, हेनरिच कलासेन, रिजा हेन्ड्रिक्स, जर्ज लिन्डे, केशव महाराज, सिसन्डा मागाला, एइडन मरक्राम, डेविड मिलर, विआन मुल्डर, लिंगु एनगिडी, एनरिच नोर्किया, ड्वायन प्रेटोरिस, कागिसो रबाडा, तव्रिस साम्सी, सस्सीइ भान डेर डुसेन, लिजाड विलियम्स ।