कीर्तिपुरस्थित टियू मैदानमा जारी नेपाल टी २० लिगमाथि छानविन गर्न गृहमन्त्री रवि लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन्।
मंगलबार उनले सिआइबीलाई छानविन गर्न निर्देशन दिएको लामिछानेको सचिवालयले जनाएको छ। लिगमा स्पट फिक्सिङ र बेटिङ भइरहेको भन्ने आशंका गरिएको छ।
यसबारे सूचना र उजुरी परेपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो। यद्यपि यसमा अहिलेसम्म प्रहरीले प्रमाण फेला पारेको छैन।
लिगका कमेन्टेटर समेत रहेका सचिन तिमल्सेनाले पनि फिक्सिङको आशंकामा लिग छाडेका छन्। पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले पनि आफ्नो टिमका साथीलाई फिक्सिङको अफर समेत आएको बताएका छन्।