नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा

Read Time:1 Minute

स्पेनिस टेनिस खेलाडी राफेल नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । अष्ट्रेलियाको मेलवर्नमा जारी प्रतियोगितामा इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई ३–१ को सेटमा पराजित गर्दै नाडाल छैठौं पटक फाइनल पुगेका हुन् ।

नाडालले बेरेट्टिनीलाई ६–३, ६–२, ३–६, ६–३ को सेटले पराजित गरे । समग्रमा नाडालको यो २९ औं ग्राण्डस्लाम फाइनल हो र उनी कीर्तिमानी २१ औं पटक ग्राण्डस्लाम उपाधि नजिक पुगेका छन् ।

त्यसका लागि अब ३५ वर्षीय नाडालले स्टेफानोस टिटिपास र डानियल मेदभेदेभबीच हुने दोस्रो सेमिफाइनलको बिजेतासँग खेल्नेछन् ।

नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्राण्डस्लाम जितेका छन् । यसअघि ५ पटक अष्ट्रेलियन ओपनको फाइनल खेलेका नाडालले २००९ मा उपाधि जितेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ललित राजवंशीको उपचारका लागि क्यानले डेढ लाख रुपैयाँ दिने
Next post कप्तान किरणले भने– मैत्रीपूर्ण खेल भनेर जे पनि गर्दैनौं, रिजल्टको अपेक्षा छ
Close