°
, June 4, 2023 in

स्टर्लिङ पुनः कतार फर्किने

SHARE:

विश्वकप बीचमै छाडेर इंग्ल्यान्ड फर्किएका इंग्लिस स्ट्राइकर रहिम स्टर्लिङ पुनः कतार फर्कने भएका छन्। घरमा हतियारधारी समूहले चोरी गरेपछि स्टर्लिङ सेनेगलविरुद्धको अन्तिम १६मा खेल नखेली इंग्ल्यान्ड फर्किएका छन्।

स्टर्लिङलाई पुनः टिममा फर्कने सुविधासहित प्रशिक्षक गेराथ साउथगेटले घर जान सुविधा दिएका थिए। उनी आजै कतार फर्कने बताइएको छ। चोरीका समयमा श्रीमती र साना बच्चाहरु घरमै थिए।

स्टलिङ टिममा फर्कने भएपछि फ्रान्सविरुद्धको क्वार्टरफाइनलअघि इंग्लिस टिमलाई केही राहत भएको छ। इंग्ल्यानडले शनिबार राति क्वार्टरफाइलनमा फ्रान्ससँग खेल्नेछ।

SHARE: