रोबिन्सनले ५ विकेट लिएपछि भारतविरुद्धको टेस्टमा सम्हाल्दै इंग्ल्यान्ड

ओली रोबिन्सनले पाँच विकेट लिँदा इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार खेलमा फर्कने प्रयास गरेको छ । आफ्नो दोस्रो टेस्ट खेलिरहेका रोबिन्सनले ८५ रन खर्चेर पाँच विकेट लिए ।

यस्तै जेम्स एन्डरसनले ५४ रनमा चार विकेट लिए र भारत आफ्नो पहिलो इनिङ्समा २ सय ७८ रन बनाएर अलआउट भयो । भारतका लागि प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ८४ रन बनाए । यस्तै रवीन्द्र जडेजाले ५६ रन बनाए । जवाफमा इंग्ल्यान्डले बिना विकेटको क्षति २५ रन बनाएको छ र अझै ७० रनले पछाडि छ ।

यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा १८३ रन बनाएको थियो । उसका लागि कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाए भने ज्याक कावर्ली र साम करनले समान २७ रन बनाए । भारतका जस्प्रित बुमराहले ४, मोहम्मद सामीले ३ र शार्दुल ठाकुरले २ विकेट लिए।