°
, June 7, 2023 in

तेवातियाले अन्तिम २ बलमा छक्का प्रहार गरेपछि पञ्जाबमाथि गुजरातको जित

SHARE:

आईपिएलको नयाँ टिम गुजराजतले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। प्रतियोगितामा अपराजित एक्लो टिम गुजरागतले लगातार तेस्रो जित निकाल्ने क्रममा शुक्राबार राति पञ्जाब किंग्समाथि ४ विकेटको रोमाञ्चक जित निकाल्यो।

१९० रनको विशाल लक्ष्य पछ्याएको गुजरातलाई अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको थियो । आडिएन स्मिथको अन्तिम ओभरका सुरुआती २ बलमा गुजरातले २ रनमात्र जोड्दा कप्तान हार्दिक पाण्ड्यालाई गुमायो ।

योसँग खेल पनि पञ्जाबतर्फ मोडियो । तर तेस्रो बलमा डेविड मिलरले चौका प्रहार गर्दै गुजरातलाई केही आशा जगाए। चौथो बलमा स्मिथले नै मिसफिल्ड गरेपछि गुराजनले एक रन चो¥यो खेलमा जितको आशा बाँकी नै राख्यो । यो एक रनसँगै स्ट्राइकमा राहुल तेवातिया आए ।, अन्तिम दुईमा जितका लागि गुजरातलाई १२ रन चाहिएको थियो। आईपिएलमा अघिल्लो सिजनबाट हार्डहिटरका रुपमा परिचत तेवातियाले स्मिथको अन्तिम दुई बलमा लागतार छक्का प्रहार गर्दै टिमलाई रोमाञ्चक जित दिलाए ।

अघिल्लो सिजन पनि राजस्थान रोयल्सका लागि पञ्जाबविरुद्ध नै तेवातियाले वेस्टइन्डिजकै बलर सेल्ड्रन कोट्रेललाई लगातार ५ छक्का प्रहार गर्दै असम्भव खेल जिताएका थिए।

त्यसअघि गुराजतका लागि आईपिएलमा आफ्नो करिअरकै उत्कृष्ट इनिङ खेल्दै ९६ रन बनाए । उनले ५९ बलमा ११ चौका र १ छक्का प्रहार गरे। यस्तै, युवा खेलाडी साइ सुदर्शनले ३५ तथा कप्तान हार्दिक पान्ड्याले २७ रन बनाए। पञ्जाबका कागिसो राबडाले २ तथा राहुल चाहरले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लियाम लिभिङस्टनले २७ बलमा ६४ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरे।

यस्तै, शिखर धवनले ३५, जितेश शर्माले २३ रन, राहुल चाहरले २२ रनको योगदान दिए। गुजरातका रशिद खानले ४ ओभरमा २२ रनमात्र खर्चेर ३ विकेट लिए भने तथा दर्शन नालकन्डेले २ विकेट लिएका थिए ।

लगातार तेस्रो जितसँगै गुजराजत ६ अंकसहित दोस्रो स्थानमा उक्लिउको छ। समान अंक भएपनि कोलकाता रनरेटका आधारमा शीर्ष स्थानमा छ। तर, उसले एक खेल बढी खेलेको छ।

SHARE: