वर्षा रोकिएपछी खेल सुरु, टस हारेर नेपाल ब्याटिङ गर्दै

निरन्तरको वर्षाको कारण सुरु हुन नसकेको नेपाल र युएईबिचको तेस्रो तथा निर्णायक टि२० सुरु हुने भएको छ । दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपाली समयअनुसार २:४५ मा सुरु हुने भनिए पनि पानी परेपछि स्थगित भएको थियो ।

अहिले पानी रोकिएर पिच छोपिएको कभर हटाइ सकिएको छ । आउटफिल्ड पनि राम्रो अवस्थामा रहेकोले केही बेरमा खेल सुरु हुँदैछ । तर, समय पावन्दीका कारण पूरा २० ओभरको खेल भने हुनेछैन ।

वर्षाका कारण १० ओभरमा सिमित गरिएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । नेपालले आजको खेलमा प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाएको छ भने अन्य खेलाडी दोस्रो खेल अनुसार नै रहेका छन् ।

पहिलो टि२० मा २१ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै सिरिज बराबरी गरेको थियो ।

नेपालको प्लेइङ-११ :

  • ज्ञानेन्द्र मल्ल
  • विनोद भण्डारी
  • पारस खड्का
  • दीपेन्द्रसिंह ऐरी
  • सुन्दीप जोरा
  • पवन सर्राफ
  • सोमपाल कामी
  • करण केसी
  • सन्दीप लामिछाने
  • ललित नारायण राजवंशी
  • अभिनाश बोहरा