स्ट्राइकर राजेश परियार फ्रेन्ड्समा

Read Time:1 Minute

स्ट्राइकर राजेश परिवारले आसन्न सहिद स्मारक ए डिभिजन लिग ललितपुरको फ्रेन्ड्स क्लबबाट खेल्ने भएका छन्। २२ वर्षीय राजेश नयाँ सिजनका लागि फ्रेन्ड्समा आबद्ध हुने पहिलो खेलाडी हुन्।

पछिल्ला केही सिजन राजेशले न्युरोड टिम (एनआरटी)बाट लिग खेलेका थिए। राजेशले केही साता अघिमात्र सामाजिक सञ्जालमार्फत एनआरटी छाडेको घोषणा गरेका थिए।

राजेशसँग भारतमा फुटबल खेलेको अनुभव पनि छ। सन् २०१९मा राजेशले एआरए एफसी अहमदाबादबाट भारतको बी डिभिजन लिग खेलेका थिए।

राजेशले नेपालको यू–२३ टिमबाट पनि खेलेका छन्। १३औं सागमा स्वर्ण जित्दा उनी नेपाली टिममा थिए।

फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगमा फ्रेन्ड्सले पहिलो दिन नै नवप्रवेशी क्लब एफसी खुमलटारसँग खेल्दैछ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अल नासरमा आज डेब्यू गर्दै रोनाल्डो
Next post थाइल्यान्डमा ऐतिहासिक जित निकाल्दै नेपाली बक्सर सुष्मा स्वर्ण नजिक
Close