क्रोएशियाका मिडफील्डर इभान राकीटिक सेभियामा अनुबन्धित भएका छन्। उनी बार्सिलोनाबाट चार बर्षका लागि सेभियामा अनुबन्धित भएका हुन्।
हालै छैटौं पटक यूरोपा लिगको उपाधि जितेको सेभियाले आफ्ना पूर्व खेलाडीलाई अनुबन्धित गरेको हो। राकिटिकले बार्सिलोनामा ६ वर्ष बिताउँदा चार लिग उपाधि, चार कोपा डेल रे, एक च्याम्पिन्स लिग र एक क्लब विश्वकपको उपाधि जिते।
३२ बर्षिय राकिटिकको बार्सिलोनामा एक बर्षको सम्झौता बाँकी थियो। तर च्याम्पियन्स लिगको क्वाटर फाइनलमा जर्मन क्बल बार्यन म्युनिखसँग ८–२ को पराजय पछि आएका नयाँ प्रशिक्षक रोनाल्ड कोएमानको योजनामा नपर्ने निश्चित बनेपछि उनी पूर्व क्लब फर्किएका हुन्।

पूर्व खेलाडीलाई अनुबन्ध गरेपछि सेभिल्लाले विज्ञप्तीमा भनेका छ, ’सेभिया एफसी र बार्सिलोनाकाबीच मिडफिल्ड इभान राकिटिकको स्थानान्तरका लागि सम्झौता भएको छ। उनी सन् २०११ देखि २०१४ को जुनसम्म याहिँ थिए। उनी पुनः क्लबमा फर्किएका छन्।’