साग प्रशिक्षणका लागि सहारा एकेडेमी उपयुक्त : सदस्यसचिव सिलवाल

पोखराको दोबिल्लामा रहेको साहरा एकेडेमी आसान्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि उपयुक्त भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् ।

सिलवालले सहारा एकेडेमीकोे भ्रमण पछि सहारा एकेडेमीको खेल मैदान १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत प्रशिक्षणका लागि उपयुक्त भएको बताएका हुन् । उनले सहारा एकेडेमी निकै रमणीय र फराकिलो क्षेत्रमा भएकोले पोखरामा हुने साग महिला फुटबल प्रशिक्षणको लागि उपयुक्त स्थल हुन सक्ने बताएका थिए ।

‘सहारा एकेडेमीको बारेमा सुन्दै आएको थिएँ, आज एकेडेमी हेर्ने मेरो इच्छा पुरा भएको छ । यो निकै व्यवस्थित र खेल मैदान पनि उपयुक्त रहेछ छ’, एकेडेमीको अवलोकनपछि सिलवालले भने, ‘सहारा क्लबको प्रयासलाई सफल पार्न सबैलाई आग्रह गर्छु, यसलाई सहयोग गर्न सधैं तत्पर छु ।’ सो अवसरमा सिलवालले राखेपका तर्फबाट एकेडेमीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतामा पनि व्यक्त गरे ।

एकेडेमीको निरक्षणमा सदस्यसचिव सिलवालसहित, सदस्य राजेशकुमार गुुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहारा युकेका महासचिव धनु थकाली, सहारा युकेका सल्लाकार महेश गुरुङ, मुच्छेत्र गुरुङ लगायत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *