सिलवाललाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

Read Time:1 Minute

सर्वोच्च अदालतले रमेश सिलावललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएकोको छ। सरकारको निर्णयविरुद्ध सिलवाले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले सिलवाललाई पुनर्बहाली गर्न आदेश दिएको हो।

सरकारले तत्कालिन सदस्य सचिव सिलवाललाई कात्तिक १ गते बखास्त गरेको थियो । सरकारले मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवमा नियुक्त गरेको थियो।

सर्वोच्चले सिलवालको पक्षमा फैसला गर्दै घिसिङलाई काम गर्न नदिन पनि आदेश दिएको छ। सिलवालले आफूलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

सरकारले सिलवालसँगै ९ जना बोर्ड सदस्यलाई पनि पदमुक्त गरेको थियो । विशेष अदालत पाटनले सरकारको सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० महिला विश्वकपको तालिका सार्वजनिक
Next post यू–१९ महिला साफ च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको आधादर्शन गोल
Close