सर्वोच्चले खारेज गर्‍यो सिलवालको रिट, राखेप सदस्य सचिवमा टंकलालकै निरन्तरता

आफूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवबाट बर्खास्त गरेको भन्दै रमेश सिलवालले हालेको रिट सर्वोच्च अदालतले राखेज गरेको छ।

राखेप सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधिशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलाशले सिलवालको रिट खारेज गरेको हो।

सिलवालको रिट खारेज भएसँगै टंकलाल घिसिङले नै राखेपको सदस्य सचिवमा निरन्तरता पाएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले सिलावाललाई कात्तिक १ गते बर्खास्त गर्दै मंसिर १३ गते टंकलाललाई सदस्य सचिव नियुक्त गरेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एएफसी कप छनोटको प्ले अफबाटै बाहिरियो मछिन्द्र
Next post एन्फा निर्वाचन असार ६ मा हुने
Close