राखेपको सदस्यसचिवमा रमेश सिलवाल

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् । सरकारले सोमबार ११ बजे सदस्यसचिवको सपथ ग्रहणको कार्यक्रम तय गरेको छ ।

‘मलाई ११ बजे सपथ ग्रहणका लागि बोलाइएको छ,’ सिलवालले सबै खेल डटकमलाई बताए । सिलवाल मदनभण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष तथा उच्चमाध्यामिक विद्यालय संघ (हिसान)का अध्यक्ष हुन् । नेकपानिकट मानिने सिलवाल गोल्डेनगेट इन्टरनेसनल कलेजका सञ्चालकसमेत हुन् ।

यसअघि ९ असारमा केशवकुमार विष्टको कार्यकाल समाप्त भएपछि परिषद्को सदस्यसचिव पद रिक्त थियो । परिषद्का सदस्यसचिव बन्न उपाध्यक्ष पिताम्बर तिम्सिना, दानबहादुर तामाङ र शिव कोइराला दौडमा लागेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.