सदस्यसचिव बन्न सिलवालले पनि हाले दर्खास्त

नयाँ खेलकुद ऐन आएपछि रिक्त रहेको राष्ट्रिष्य खेलकुद परिषद् (राखेप)को सदस्यसचिव बन्नका लागि निर्वातमान सदस्यसचिव रमेशकुमार सिलवालले पनि दर्खास्त हालेका छन् । गत वर्ष असार २३ गते ४ वर्षे कार्यकालका लागि सदस्य सचिव नियुक्त भएका सिलवाल नयाँ ऐन प्रचलनमा आएपछि १ वर्षमै पदमुक्त भएका थिए ।

नयाँ सदस्यसचिवका लागि बुधबारसम्म सिलवालसहित ११ जनाले आवदेन दिएको बताइएको छ । नयाँ खेलकुद ऐन लागू भएसँगै रिक्त रहेको राखेप सदस्यसचिव नियुक्तिका युवा तथा खेलकुद मन्त्रालाले गठन गरेको सिफरिस समितिले शुक्रबार सदस्यसचिवका लागि दर्खास्त आव्हान गरेको थियो ।

नयाँ खेलकुद ऐन लागु भएपछि राखेपमा सदस्यसचिवसहित सदस्यहरु खाली छन् । रिक्त पदमा नियुक्तीका लागि मन्त्रालयल तीन सदस्यीय सिफारिस समिति बनाइएको थियो ।

समितिले योग्यता पुगेका इच्छुक आवेदनलाई सदस्यसचिव पदका लागि सात दिनभित्र संक्षिप्त कार्ययोजना सहित निवेदन दर्ता गर्न भनेकोमा अहिलेसम्म सिलवालसहित ११ जनाले निवेदन दर्ता गराएको बताइएको छ । गत असारमा प्रधानमन्त्री ओली निकट सिलवालले राजनीतिक नियुक्ती पाएका थिए। खेलकुद ऐन लागु भएपछि उनको पद खारेज भएको थियो।

निवेदनसहित कार्ययोजना पनि प्रस्तुत गर्नु पर्ने व्यवस्था छ। कार्ययोजना प्राप्त भएपछि सिफारिस सिमितिले अध्ययन गर्नेछ। कार्ययोजनाको विषयमा छलफल गर्नका लागि समितिले निवेदकलाई पनि बोलाउन सक्नेछ।

कार्ययोजना अध्ययन गरेपछि समितिले उपयुक्त लागेका तीन जनालाई सदस्यसचिव सिफारिस गर्दै मन्त्रालयमा पेश गर्नेछ। जसमा एकजना महिला हुनु पर्नेछ। तीनमध्ये एक जनालाई सदस्यसचिव नियुक्तिका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *