अर्को महिना युरोपका विभिन्न ११ शहरमा आयोजना हुने युरोकप फुटबल प्रतियोगिताका लागि स्पेनिस टिमको घोषणा गरिएको छ। ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुने प्रतियोगिताका लागि प्रशिक्षक लुइस एनरिकेले २४ सदस्यीय टिम घोषणा गरेका हुन्।
युरोकपका लागि एनरिकेले घोषणा गरेको टिम भेट्रान डिफेन्डर सर्जियो रामोस र नाचो फर्नान्डेस हटाउन सकेनन्। स्पेनिस टिममा रियल मड्रिडका कुनै पनि खेलाडी अटाउन सकेका छैन्।
स्पेनका लागि १८० क्याप जितेका रामोस पछिल्लो समय चोटबाट सताइएका छन् । उनले सन् २०२१ मा अधिकांश सय मैदान बाहिरै बिताएका छन् । तर, रामोसको अनुपस्थितिमा रियलबाट उत्कृष्ट प्रदर्शन गरिरहेका नाचो टिम नपर्नुलाई धेरैले आश्चर्यका रुपमा हेरेका छन्।
यस्तै प्रशिक्षक एनरिकेले अप्रत्यासित रुपमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीका युवा डिफेन्डर इरिक गार्सियालाई भने टिम समावेश गरेका छन्। अधिकांश समय बेन्चमै बिताएका उनले यो सिजन १२ खेल मात्र खेलेका छन् ।
प्रशिक्षक एनरिकेले युरोकपका लागि टिम घोषणा गर्दै आफूले रामोसका बारेमा जस्तो निर्णय गर्दा पनि त्यो विवाद पर्ने बताएका छन् । उनले अमेरिक लेपोर्टलाई टिम राख्नका लागि रामोसलाई बाहिर नराखिएको स्पष्ट पारेका छन् ।
‘रामोस मेरा प्रिय खेलाडी हुन्, उनी टिममा नभएको विषयलाई ठूलो इस्यु नबनाइयोस्,’ एनरिकेले भनेका छन्।

एनरिकेकै सल्लाहमा लेपोर्टले केही समयअघि मात्रै फ्रान्सको नागरिकता त्याग्दै स्पेनको नागरिकता लिएका छन्। र, उनलाई स्पेनिस टिमबाट खेल्न स्पेनिस फुटबल फेडेरेसनले अनुमति दिएको थियो।
स्पेनिस टिममा म्यान्चेस्टर सिटीका सर्वाधिक ४ जना खेलाडी परेका छन् । यस्तै, बार्सिलोनाका ३, एट्लेटिको मड्रिड, भिल्लारियल समान २ खेलाडी परेका छन्। यस्तै, म्यान्चेस्टर युनाइटेड, एथ्लेटिक बिल्बाओ, ब्राइटन, भ्यालेन्सिया, चेल्सी, लिड्स, लिभरपुल, नापोली, आरबी लेइपजिग, रियल सोसिडाड, युभेन्ट्स, वुल्भ्स र पिएसजीका १–१ खेलाडी छन्।
युरोकपमा स्पेन समूह इमा छ । यो समूहमा स्वीडेन, पोल्यान्ड र स्लोभाकिया छन् । स्पेनले १५ जुनमा स्वीडेन, २० जुनमा पोल्यान्ड र २३ जुनमा स्लोभाकियासँग खेल्ने छ।
यस्तो छ २४ सदस्यीय स्पेनिस टिम
गोलकिपर : डेविड डे गेया (म्यान्चेस्टर युनाइटेड), उनाई सिमोन (एथ्लेटिक बिल्बाओ), रोबर्टो सान्चेज (ब्राइटन)
डिफेन्डर : जोसे गाया (भ्यालेन्सिया), जोर्डी अल्बा (बार्सिलोना), पाउ टोरेस (भिल्लारियल), अमेरिक लापोर्ट (म्यान्चेस्टर सिटी), इरिक गार्सिया (म्यान्चेस्टर सिटी), डिएगो लोरन्टे (लिड्स), सेसर एजप्लिक्वेटा (चेल्सी), मार्कस लोरन्टे (एट्लेटिको मड्रिड)।
मिडफिल्डर : सर्जियो बुस्केट्स (बार्सिलोना), रोड्री (म्यान्चेस्टर सिटी), पेड्री (बार्सिलोना), कोके (एट्लेटिको मड्रिड), थिएगो अल्कान्टारा (लिभरपुल), फाबियन रुइज (नापोली) ।
स्ट्राइकर : डानी ओल्मो (आरबी लेइपजिग), मिकेल ओयासाबेल (रियल सोसिडाड), अल्भारो मोराटा (युभेन्ट्स), जेरार्ड मोरेनो (भिल्लारियल), फेरान टोरेस (म्यान्चेस्टर सिटी), एडम ट्राउरे (वुल्भ्स), पाब्लो साराबिया (पिएसजी)।