राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल बर्खास्तीमा परेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई बखास्त गरेको हो।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै सरकारले उनलाई बर्खास्त गरेको हो । सरकारले सिलवाललाई दुई पटक स्पष्टिकरण सोधेको थियो ।

२०७७ साउन २३ गते दोस्रो पटक चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त भएका सिलवाललाई ३ वर्ष कार्यकाल बाँकी छँदै सरकारले बर्खास्त गरेको हो। उनी दोस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धाका आधारमा लिलबहादुर थापा र अन्जु श्रेष्ठलाई पछि सदस्यसचिव बनेका थिए।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ असार २३ गते सिलवाललाई पहिलो पटक सदस्य सचिवमा नियुक्त गरेको छ। नयाँ खेलकुद ऐन लागू भएपछि सिलवाल २०७७ असार १७ गते पदमुक्त भएका थिए।

Facebook Comments Box