°
, June 4, 2023 in

नेपाली फुटबलर विदेशिने क्रम बढ्यो, रञ्जन र नितिन पनि अस्ट्रेलिया लागे

SHARE:

नेपालमा खेलेर बाँच्न सक्ने अवस्था नदेखेपछि नेपाली फुटबलरहरु धमाधमा विदेशिन थालेका छन्। पछिल्लो समय राष्ट्रिय टिमका स्टार खेलाडीहरू पनि सुरक्षित भविष्यको खोजीमा विदेशिन थालेका छन्।

यो वर्षमात्रै राष्ट्रिय टिमका सदस्यसहित एक दजृन फुटबलर अस्ट्रेलिया पुगेका छन्। खेलाडीको मुख्य आयस्रोत मानिने लिग लामो समयदेखि नहुँदा खेलाडी विदेशिने क्रम बढेको हो।

बुधबार मात्रै राष्ट्रिय टिमका सदस्यद्वय रञ्जन विष्ट र नितिन थापा भविष्य सुरक्षित गर्न अस्ट्रेलिया प्रस्थान गरेका छन्।

२०१६ मा सोलिडारिटी कपको उपाधि उचाल्दा स्ट्राइकर रञ्जन राष्ट्रिय टिममा थिए। यस्तै, नितिन पछिल्लो सयम राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन्। उनी १३ औं सागमा नेपालले स्वर्ण पदक जित्दा टिमका महत्वपूर्ण सदस्य थिए।

रन्जनले गत सिजन एनआरटीबाट र नितिनले मनाङ मर्स्याङ्दीबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। नितिन केही सयम अगाडि मनाङ छाड्दै ए डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारमा आबद्ध भएका थिए।

यसअघि सामेबार मात्रै नेपाली राष्ट्रिय टिमका तीन स्टार खेलाडीहरु तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ पनि अष्ट्रेलिया गएका थिए।

यही वर्ष नै राष्ट्रिय टिमकै सदस्यहरु दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामा तथा शिव गुरुङ, आकाश बुढामगर, रुमेश बर्तौला र अमिर श्रेष्ठलगायतका खेलाडी अष्ट्रेलिया गएका छन्।

नेपाली फुटबलमा भविष्य नदेखेपछि तीन स्टार खेलाडी विदेशिए

SHARE: