नेपाली राष्ट्रिय टिमका डिफेन्डर रञ्जित धिमालले आगामी सिजनको सहिद स्माकर ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रबाटै खेल्ने भएका छन्। ३० वर्षीय रञ्जितले मच्छिन्द्रसँगको सम्झौता नवीकरण गरेका हुन्।
मच्छिन्द्रले आफ्ना भेट्रान डिफेनडर रञ्जितले क्लबसँग सम्झौता नवीकरण गरेको फेसबुकमार्फत जनाएको छ। मच्छिन्द्रले आसन्न सहिद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिगको लागि रञ्जितसँग सम्झौता नवीकण गरेको छ।
अघिल्लो सिजन मच्छिन्द्रलाई लिग च्याम्पियन बनाउन रञ्जिको भूमिका महत्वपूर्ण थियो। सन् २०१४देखि नेपाली राष्ट्रिय टिमको सदस्य रहेका रञ्जितले थ्री स्टार र एपिएफबाट पनि खेलेका छन्।
ए डिभिजन लिगका लागि मच्छिन्द्रले आफ्ना पुराना खेलाडीहरु सुजल श्रेष्ठ, रेजिन सुब्बा, विशाल श्रेष्ठ अभिषेक रिजालसँगको सम्झौता नवीकरण गरेको छ भने नयाँ खेलाडीका रुपमा युवा स्टार मनिष डाँगीलाई अनुबन्ध गरेको छ।