दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि विराटनगर सिटी एफसीले रञ्जित धिमाललाई नै मार्की खेलाडीका रुपमा निरन्तरता दिएको छ। विराटनगरले बिहीबार विज्ञप्ति जार्दै मार्की खेलाडीका रुपमा रञ्जितलाई नै निरन्ता दिइएको जनाएको छ।
पहिलो संस्करणमा पनि रञ्जित नै विरागनटरको मार्की खेलाडी र कप्तान थिए। रञ्जित मैदान भित्र र बाहिर पनि नेतृत्व गर्न सक्ने खेलाडी रहेको विराटनगरले जनाएको छ ।
यस्तै विराटनगरले विदेशी खेलाडीको कोटामा यस पटक पनि उलरिस सिवेलाई अनुबन्ध गरेको छ । गत संस्करणमा पनि सिवेले विराटनगरबाटै खेलेका थिए । सिवे व्यवसायिक रहेको र क्लबलाई अघि बढाउन उनको अनुभव काम लाग्ने भएकाले उनलाई पुनः अनुबन्धन गरिएको विराटनगरले जनाएको छ ।
दोस्रो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० चैत २६ देखि जेठ ७ गतेसम्म हुनेछ। नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने एनएसएलमा यो पटक १० टिम सहभागी हुनेछन्। यो पटक ३ नयाँ टिम थप गरिएको छ ।
धनगढीसहित विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, झापा एफसी, वीरगंज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीले प्रतिस्पर्धा गर्नेछन् ।