°
, May 30, 2023 in
0

फर्नान्डेस र रास्फोर्डको गोलमा युनाइटेडले पिएसजीलाई हरायो

SHARE:

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेको छ । ब्रुनो फर्नान्डेस र मार्कस रोस्फोर्डले गोल गरेपछि युनाइटेडले फ्रेन्च क्लब पिएसजीलाई उसकै मैदानमा २–१ले पराजित गरेको छ ।

नयाँ कप्तानको रुपमा ब्रुनो फर्नान्डेजले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए । पिएसजीका डिफेन्डर एब्डोउ डियालोले एन्थोनी मार्सियललाई डिबक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

पहिलो हाफ १–०मै सकियो । ५५औं मिनेटमा मार्सियलले आत्मघाति गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो । तर, खेल सकिन ३ मिनेट बाँकी छदाँ पाउल पोग्बाको पासमा रासफार्डले गोल गरेपछि युनाइटेड विजयी भयो ।

खेलमा पिएसजीले पूर्ण नियन्त्रण कायम गरेको थियो । उसका केही उत्कृष्ट प्रहार युनाइटेडका किपर डेविड डि गियाले उत्कृष्ट बताउ गरेका थिए । पिएसजीले ६१ प्रतिशत बल पोजेसन बनाउने युनाइटेडको पोस्टमा १४ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो । यता, युनाइटेडले १४ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो ।

यसैगरी मंगलबार राति नै भएको अर्को खेलमा आरबी लेइजिगले इस्तानबुलमाथि २–०को जित निकाल्यो । दुवै गोल डिफेन्डर एजेलिनोले गरेका थिए । यस्तै, चेल्सी र सेभियाले गालरहित बराबरी खेल्दा रेनेस र क्रसनोडरले पनि १–१ गोलको बराबरी खेलेका छन्।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *