°
, June 7, 2023 in

हैदरावादलाई हराउँदै गुजरात प्लेअफ नजिक

SHARE:

नवप्रवेशी टिम गुजरात टाइटन्स आईपिएलको प्लेअफ नजिक पुगेको छ। बुधबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै गुजरात टाइटन्स प्लेअफ नजिक पुगेको हो।

यो गुजरातको लागतार चौथो थित हो भने हैदरावादको लागतार पाँचौं जितपछिको हार हो। ८ खेलमा ७औं जित जित निकालेको गुजरात १४ अंकसहित शीर्ष स्थानमा छ। यता, हैदरावाद १० अंकसहित चौथो स्थानमा छ।

जितको लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। गुजरातका ऋद्धिमान शाहले ३८ बलमा सर्वाधिक ६८ रन बनाए। गुजरातलाई जितका लागि अन्तिम ओभरमा २२ रन चाहिएको थियो। अन्तिम ओभरमा रसिद ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। राहुल टेवाटियाले २१ बलमा अविजित ४० रन बनाउँदा ११ बल खेलेका रशिद खानले अविजित ३१ रन जोडे।

हैदराबादका युवा फास्ट बलर उमरान मलिक उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । यो उनको करिअरकै उत्कृष्ट प्रदर्शन हो । पाँच मध्ये ४ विकेट उनले क्लिनबोल्डमार्फत लिएका थिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। हैदराबादका ओपनर अभिषेक शर्माले ४२ सर्वाधिक ६५ रन बनाए भने एडेन माक्ररमले ४० बलमा ५६ रन जोडे।

गुजरातका मोहम्मद शामीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए। यश दयाल र अल्जारी जोशेफले समान १–१ विकेट लिए। हैदराबादले अब आइतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ भने गुजरातले शनिबार रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ।

SHARE: