पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन : रत्नजित र दिपेश अन्तिम आठमा

पूर्वविजेता राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ र एपिएफका दिपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम आठमा प्रवेश गरेका छन् ।

बुधबार एपिएफका सुनिल जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताका लगातार छैटौं पटकका विजेता तामाङ अन्तिम आठमा प्रवेश गरेका हुन् । यस्तै दिपेशले सेनाका प्रफुल महर्जनलाई २१–१५, २१–१५ को सोझो सेटमा पराजित गरे ।

यसैगरी नेपाल पुलिसका विष्णु कटुवाल र निरविक्रम देवकोटा पनि क्वार्टरफाइलनमा प्रवेश गरेका छन् । क्वार्टरपाmइलन प्रवेश गर्नेक्रममा विष्णुले एफिएफका विजित थापामगरलाई २१–१७, २१–१४ ले पराजित गरे भने तथा निरविक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२–२१, २१–८, २१–१० ले पराजित गरे ।

यसैगरी सेनाका रुकेश महर्जन, सेनाकै नविन श्रेष्ठ, भोजपुरका विकास श्रेष्ठ र सिल्क ग्रुपका प्रिन्स दहाल पनि आ–आफ्नो खेलमा जित हात पर्दौ अन्तिम आठमा प्रवेश गरे ।

रुकेशले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१८ र २१–१४ ले पराजित गरे भने सेनाकै नविनले पुलिसका जीवन आचार्यलाई २१–७ र २१–१३को सोझो सेटमा पराजित गरेका थिए । विकासले एपिएफका गौतम कठायतलाई २१–१७ र २१–१६ तथा प्रिन्सले पुलिसका दीपक बोहरालाई २१–१९ र २१–१४ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

यस्तै महिलातर्फ एपिएफकी जेशिका गुरङ, सेनाका नङ्शलदेवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरी, सम्झना शर्मा र एपिएफकी शोभा गुरुङ पनि आ–आफ्नो खेलमा जित निकाल्दै अन्तिम आठमा स्थान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP