°
, June 7, 2023 in

कोहली र डु प्लेसिसको ब्याट चल्दा बैंग्लोरले मुम्बईलाई हरायो

SHARE:

कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरेपछि आईपिएलको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ। कोहली र डु प्लेसिसले सानदार ब्याटिङ गरेपछि बैंग्लोरले मुम्बई इन्डिजमाथि ८ विकेटको सानदार जित निकाल्यो।

घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा डु प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बैंग्लोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

कोहलीले ४९ बल खेल्दै ६ चौका र पाँच छक्का मद्दतमा अविजित ८२ रन बनाए । कोहलीले अर्शद खानलाई छक्का प्रहार गर्दै जित पक्का गरेका थिए ।

कप्तान प्लेसिसले ४३ बल खेल्दै पाँच चौका ६ छक्का मद्दतमा ७३ रन बनाए । ग्लेन म्याक्सबेलले ३ बल खेल्दै दुई छक्का मद्दतमा १२ रन नटआउट रहे। मुम्बईका अर्शद खान र क्यामरुन ग्रीनले विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले खराब सुरुआत गरेपछि तिलक बर्माको सानदार ब्याटिङमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक वर्माले ४६ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । एक छेउबाट लगातार विकेट जाँदा तिलकले इनिङ्स सम्हालेका थिए ।

आईपीएलमा डेब्यु गरेका नेहाल वाडेराले १३ बलमा २१ रन जोडे । सूर्यकुमार यादवले १५ र इशान किसनले १० रन जोडे ।अर्शद खानले ९ बलमा अविजित १५ रन बनाए ।

बेंगलोरका लागि कर्ण शर्माले दुई तथा मोहमम्द सिराज, रिस टोप्ले, आकाश दिप, हर्शल पटेल र माइकल ब्रेसवेलले समान १ विकेट लिए।

SHARE: