विराट कोहलीको कप्तानीमा हरेको रोयल च्यालेन्जर्स बैंग्लोरले आईपिएलका बाँकी खलका लागि तीन विदेशी खेलाडी अनुबन्धन गरेको छ। बैंकग्लोरले श्रीलंकन बलरद्वय वानिन्डु हसरंगा र दुसमन्था चामिरा तथा सिंगापुरका टिम डेविडलाई अनुबन्धन गरेको हो।
१९ सेप्टेम्बरबाट युएईमा सुरु हुने आईपिएलका बाँकी खेलका लागि फिन एलेन, स्कट कुगेलेइजिन, केन रिचार्डसन, ड्यानिअल साम्स र एडम जम्पा उपलब्ध नहुने भएपछि बैंग्लोरले चमिरा, हसरंगा र डेविडलाई अनुबन्धन गरेको हो ।
बैंग्लोरमा विदेशी खेलाडीका रुपमा एबी डे भिलियर्स, ग्लेन म्याक्सवेल, कायल जिमिन्सन र डान क्रिस्टियन छन्। बैंग्लोरले २० सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।
प्रतियोगितामा ७ खेलमा ५ जित निकालेको बैंगलोर १० अंकसहित शीर्ष स्थानमा छ।