फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शन मद्दतमा च्याम्पियन्स लिगमा रियल मड्रिड विजयी भएको छ। च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बेन्जिमाका ह्याट्रिक मद्दतमा रियलले चेल्सीमाथि ३-१को जित निकाल्यो।
प्रतिस्पर्धात्मक खेलको २१ औं मिनेटमा बेन्जिमाको गोलमा रियलले अग्रता लियो। उनले भिनिसियस जुनियरको क्रसमा उत्कृष्ट हेडिङ गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै बेन्जिमाले रियलको अग्रता दोब्बर बनाए। २४औं मिनेटमा बेन्जिमाले लुका मोड्रिचको क्रसमा हेडिङमै गोल गरे।
४०औं मिनेटमा काइ हाभर्टजले हेडिङमै गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे। उनले रिस जेम्सको क्रसमा गोल गरेका थिए।
दोस्रो हाफको सुरुआतमै गोल गर्दै बेन्जिमाले रियललाई ३-१को अस्थामा ल्याए भने च्याम्पियन्स लिगमा लगातार दोस्रो ह्याट्रिक पुरा गरे। चेल्सीका गोलकिपर इडवार्ड मेन्डीले ब्याक पास दिएको बलमा बेन्जिमाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका थिए।
यी
३४ वर्षीय बेन्जिमाले जारी सिट ३६ खेलमा ३७ गोल गरेका छन्। यी दुईबीचको दोस्रो लेग सान्टियागो बर्नाबेउमा अप्रिल १४मा हुनेछ।