करिम बेन्जिमा र भिनिसियस जुयिनरले उत्कृष्ट प्रदर्शन गरेपछि रियल मड्रिडले ला लिगामा सहज जित निकालेको छ। शनिबार राति घरेले मैदानमा भएको खेलमा बेन्जिमा र भिनिसियसको उत्कृष्ट प्रदर्शन मद्दतमा रियलले रियल मालोर्कामाथि ३–०ले हरायो।
खेलमा रियलका तीनवटै गोलमा बेन्जिमाको भूमिका थियो । उनले दुई गोल तथा एक असिस्ट गरे । एक गोल भिनिसियसको नाममा रह्यो।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा ५५औं मिनेटमा रियलले अग्रता लियो । भिनिसियसले बेन्जिमाको पासमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । त्यसपछि बेन्जिमाले ७७औं मिनेटमा रियलको अग्रता दोब्बर बनाए। उनले पेनाल्टीमा गोल गरे।
८२औं मिनेटमा बेन्जिमाले नै गोल गरेपछि रियलले सहज जित निकाल्यो । उनले मार्सेलोको पासमा गोल गरेका थिए ।
जितपछि लिग लिडर रियलले २८ खेलबाट ६६ अंक जोडेको छ र दोस्रो स्थानको सेभियामाथि १० अंकको अग्रता बनाएको छ । समान खेलबाट सेभियाको ५६ अंक छ ।