प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको रियल म्याड्रिडले कोपा डेल रेको क्वाटरफाइनल प्रवेशका लागि बिहीबार भिल्लारियलमाथि ३–२ को कठिन जित निकालेको छ । रियलले दुई गोलले पछाडि रहेको स्थितिमा ३० मिनेटभित्र तीन गोल गर्दै उत्कृष्ट पुनरागमन जित निकाल्यो।
चौथो मिनेटमा इटिने कपौएले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गरेपछि भिल्लारियलले पहिलो हाफमा २–०को अग्रता लियो।
दोसो हाफमा रियल खेलमा फर्कियो । खेलको ५७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए । उनले सेबालाेसको पासमा गोल गरेका थिए।
६९ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई २२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८६ औं मिनेटमा डानी सेबालोसले गोल गर्दै रियललाई ३–२ को जित दिलाए । उनले ओसेन्सियोको पासमा गोल गरेका थिए।