स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबको क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइलनमा स्थान बनाउने क्रममा रियल इंग्लिस क्लब लिभरपुलमाथि समग्रमा ६–२ को फराकिलो जितको जित निकाल्यो।
पहिलो लेगमा उसकै मैदानमा ५–२को जित निकालेको रियलले बुधाबार राति आफ्नै मैदानमा लिभरपुललाई १–० ले हरायो।
सान्टियागो बर्नबेउमा भएको खेलमा रियललाई जिताउन कप्तान करिब बेन्जिमाले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ७८औं मिनेटमा गोल गरेका थिए।