स्पेनिस जाइन्ट रियल मड्रिडले च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ। मंगलबार राति घरेलु मैदानम भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानमाथि २–०को जित निकाल्यो।
यो जितसँगै रियल समूह डीको विजेताका रुपमा नकआउट चरण पुग्यो । यता, पराजयका बाबजुद इन्टर पनि उपविजेताका रुपमा नकआउट चरण पुग्यो। रियलले १५ अंक जोड्दा इन्टरले १० अंक जोड्यो । माल्दोभाको क्लब रेसिफ ७अंक सहित तेस्रो हुँदै युरोपा लिगमा पुगेको छ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललार्य जित दिलाउन टोनी क्रुस र मार्को ओसेन्सियोले गोल गरे। खेलको १७ औं मिनेटमा टोनी क्रुसको गोलबाट रियलले सुरूआती अग्रता लिएको थियो।
खेलमा दबाबमा परेपनि पहिलो हाफमा १–० ले अगाडि रहेको रियले दोस्रो हाफमा थप १ गोल गर्दै जित सुरक्षित गर्यो। खेलको ६४औं मिनेटमा निकोलो बरेल्ला सोझै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इन्टर थप समस्यामा परेको थियो।
१० खेलाडीमा समेटिएको इन्टरमाथि दबाब बनाएको रियलले ७९औं मिनेटमा अग्रता दोब्बर बनायो। मार्को एसेन्सियोले मैदान प्रवेश गरेलगत्तै डिबक्सबाहिर उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाउन जित निश्चित गरे।
समूह डीकै अर्को खेलमा सेरिफ र सख्तर डोनेस्कलाई १–१ गोलको बरारबी खेल्दै अंक बाँडे। डोनेस्कका फर्नान्डोले गोल गरेका थिए भने खेलको अन्तिम समयमा सेरिफका बोभान निकोलोभले गोल गरेका थिए।
यस्तै सेरिफ ७ अंक जोडेर तेस्रो स्थानमा रहँदा साख्तर डोनेस्क २ अंकसहित पुछारमा रह्यो ।