भिनिसियसको ह्याट्रिकमा रियलले जित्यो सुपर कप

15 Jan, 2024

ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियर ह्याट्रिक गरेपछि रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ।

आइतबार राति साउदी अरेबियामा भएको एल क्लासिकोमा बार्सिलोनामाथि ४–१को सानदार जितसहित रियलले उपाधि जितेको हो। पछिल्ला ५ वर्षमा रियलको तेस्रो सुपर कप उपाधिहो।

रियलका लागि भिनिसियसले पहिलो हाफमै ह्याट्रिक गरेका थिए। उनले ७आंैं मिनेटमा काउन्टरमा गोल गदैृ रियललाई अग्रता दिलाए। १० मिनेटरमा काउन्टरमै रोड्रिगोको पासमा उनले टिमको अग्रता दोब्बर बनाए।

३३औं मिनेटमा डिबक्स बाहिरबाट रोबर्ट लेवान्डोस्कीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे। तर, ३९औं मिनेटमा भिनिसियसले गोल गर्दै खेलालाई पहिलो हाफमै ३–१को अवस्थामा ल्याए।

यो भिनिसियसको रियलका लागि पहिलो ह्याट्रिक हो। योसँगै उनी बार्सिलोनाविरुद्ध रियलका लागि ह्याट्रिक गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन्।

६४ मिनेटमा रियलका लागि रोड्रिगोले चौथो गोल गरे। ७१औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। भिनिसियसलाई फाउन गरेपछि बार्सिलोनाका रोनाल्ड अरौजोले रातो कार्ड पाएका थिए।

यो जितसँगै प्रशिक्षक कार्लो एन्सोलोटी रियलका लागि सबैभन्दा धेरै प्रतिशत खेल जित्ने प्रशिक्षक बनेका छन्। रियलका लागि यो उनको ११औं उपाधि हो।