ला लागिमा रियलको उत्कृष्ट पुनरागमन जित

22 Jan, 2024

रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा उत्कृष्ट पुनरागमन जित निकालेकोछ। पहिलो हाफमै २ गोलले पछि परेको अवस्था उल्टाउँदै रियलले आल्मेरियालाई ३–२को उत्कृष्ट पुनरागमन जित निकाल्यो।

रियलको जितमा जुड बेलिङहम, भिनिसियस जुनियर र ड्यानी कार्भाजलले गोल गरे भने अल्मेरियाका लार्गी रमाजानी र इड्गर गोन्जालेजले गोल गरेका थिए।

खेलको पहिलो मिनेटमै रमाजानीको गोलमा अल्मेरियाले अग्रता लियो। ४३औं मिनेटमा गोन्जालेजले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै घरेलु मैदानमै रियलविरुद्ध अल्मेरियालाई २–०को अग्रता दिलाए।

५७औं मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई खेलमा फर्काए। उनले अल्मेरियाका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गोल गरेका थिए। ६७औं मिनेटमा भिनिसियसले चुवामेलीको पासमा गोल गर्दै खेलालाई बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयको नवौं मिनेटमा रियलले अग्रता लियो। बेलिङहमले हेडिङमार्फत दिएको क्रसमा कार्भाजलले गोल गरेका थिए।

रियल ५१ अंकमा दोस्रो स्थानमा छ। ५२ अंकसहित जिरोना शीर्ष स्थानमा छ