°
, June 7, 2023 in
0

ला लिगामा रियल र एट्लेटिको दुवै विजयी

SHARE:

स्पेननिस ला लिगामा मड्रिडका दुवै क्लब विजयी भएका छन् । शनिबार राति भएको खेलमा रियलले सेभियालाई उसकै मैदानमा पराजित १–०ले पराजित गर्दा एट्लेटिकोले भालाडोलिडलाई २–०ले हरायो ।

सेभियाको मैदानमा जित निकाल्ने क्रममा रियलले आत्मघाती गोलको साहरा लियो । प्रतिस्पर्धात्मक खेलका क्रममा ५६औं मिनेटमा भिनिसिस जुनियरले प्रहार गरेको बल रोक्ने क्रममा सेभियाका किपर यासिनले आफ्नै पोष्टमा गोल गरे ।

रियलका मेन्डीको क्रस बल भिनियस जुनियरले टच गरेपछि यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो । खेलमा दबाब भने सेभियाले बनाएको थियो । उसले रियलविरुद्ध ६४ प्रतिशत बल पेजेसन बनाउको थियो । सेभियालले १२ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो भने रियलले १० सट प्रहार गर्दा ३ सट फ्रेमा थियो । जितसँगै रियलले ११ खेलमा २० अंकका साथ तेस्रो स्थमनमा उक्लिएको छ। सेभिया भने १६ अंकका साथ पाचौं स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिडलाई २–०ले हराएको छ । एट्ल्टिकोको जितमा मार्कस लोरेन्टे र थोमस लेमारले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा ५६र्औं मिनेटमा लेमारको गोलमा एट्लेटिको अग्रता लिएको थियो । ७२ मिनेटमा लोरेन्टेले गोल गरेपछि एट्लेटिको २–०ले विजयी भयो । १० खेलमा २६ अंक जोडेको एट्लेटिको तालिकाको शीर्ष स्थानमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *