रोकियो रियल, बार्सिलोनाको जित

Read Time:1 Minute

ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड बरारबीमा रोकियो शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ। आइतबार राति भएको खेलमा खेल रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिँदा बार्सिलोनाले भ्यालेन्सियामाथि १–०को जित निकाल्यो।

आइतबार राति बेटिसको मैदानमा भएको खेलमा रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियल लिग लिडर बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ।

यता, १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियालाई १–० ले हरायो। १५औं मिनेटमा राफिन्हाको गोलमा बार्सिलोना अग्रता लियो । ५५औं बार्सिालेनाले अग्रता लिने अवसर गुमायो । प्राप्त पेनाल्टीमा फेरान टोरेसको प्रहार बाहिरिएको थियो ।

५९औं मिनेटमा डिफेन्डर रोनाल्ड अरौजोले सिधै रेडकार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो।

बराबरीपछि रियलको २४ खेलबाट ५३ अंक छ । बार्सिलोना समान खेलबाट ६२ अंकसहित शीर्ष स्थानमा छ। २४ खेलबाट ४१ अंक रहेको बेटिस पाँचौं स्थानमा छ भने भ्यालेन्सिया २३ अंकसहित १९औं स्थानमा छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लिभरपुले रच्यो इतिहास, युनाइटेडको सर्मनाक हार
Next post युएईसँग भिड्दै नेपाल
Close