स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो।
यो बराबरीसँगै रियलले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाउने अवसर गुमाएको छ। रियलको २४ खेलमा ५४ अंक भएको छ भने दोस्रो स्थानको सेभियाको ५० अंक छ। यता, भिल्लारियल भने ३६ अंकका साथ पाँचौं स्थानमा छ ।
खेलमा दुवै टिमले गोलका राम्रा अवसर सिर्जना गरेका थिए । पहिलो हाफमा भिल्लारियल हावी भएको थियो भने दोस्रो हाफमा रियल । दुवै टिमका किपरले केही उत्कृष्ट बचाउ गरेका थिए।
खेलमा ५७ प्रतिशत बल पोजेशन बनाउँदै रियलले १७ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो । भिल्लारियलले भने ९ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।
यसैगरी ला लिगाकै अर्को खेलमा काडिच र सेल्टाभिगोले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।