°
, June 1, 2023 in

१ सय मिलियनमा रियलले भित्र्यायो मिडफिल्डर चुवामेनी

SHARE:

स्पेनिस क्लब रियल मड्रिडले युवा फ्रेन्च मिडफिल्डर औरेलियन चुवामेनीलाई अनुबन्ध गरेको छ। २२ वर्षीय मिडफिल्डरका लागि रियलले १ सय मिलियन युरो खर्चियो।

रियलले चुवामेनीलाई फ्रेन्च क्लब एएस मोनाकोबाट अनुबन्धन गरेको छ। रियलले चुवामेनीसँग ६ वर्षको सम्झौता गरेको छ।

उत्कृष्ट फर्ममा रहेका चुवामेनी भित्र्याउन पिएसजी पनि लागिपरेको थियो । तर, उनले पिएसजी छाड्दै रियल रोजेका हुन्।

सन् २०२०मा बोर्डक्सबाट मोनाको आएका चुवामेनीले ९५ खेल खेल्दै ८ गोल गरेका छन्। उनले फ्रान्सका लागि उनले १० खेल १ गोल गरिसकेका छन्।

SHARE: