स्पेनिस क्लब रियल मड्रिड मिडफिल्डरको खोजीमा छ। उसको नजर युवा इंग्लिस मिडफिल्डर जुडे बेलिङ्घममा छ।
जर्मन क्लब बोरुसिया डर्टमन्डका १९ वर्षीय स्टार मिडफिल्डरका भित्र्याउन रियलले औपचारक प्रस्ताव गर्ने तयारी गरेको छ।
रिपोर्टअनुसार उत्कृष्ट फर्ममा रहेका बेलिङ्घममा लागि रियलले डर्टमन्ड सामूह सय मिलियन युरो प्रस्ताव तयारी गरेको छ। रियलले बेलिङ्घमलाई लुका मोड्रिचको रिप्लेसमेन्टको रुपमा भित्र्याउन चाहेको छ।
लुका मोड्रिच ३७ वर्षका भएका छन्, र उनी करिअरको अन्तयतिर छन्।
बेलिङ्घमलाई भित्र्याउन इंग्लिस क्लब लिभरपुल र म्यान्चेस्टर सिटीले पनि चासो देखाएका छन्।
क्लब र देश दुवैका लागि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले डर्टमन्डका लागि ११२ खेल खेल्दै १९ गोल गरेका छन् । यस्तै, उनले इंग्ल्यान्डका लागि २१ खेल खेल्दै १ गोल गरेका छन्।