ब्राजिलियन मिडफिल्डर कासेमिरोले निर्णायक गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल मड्रिड विजयी भएको छ । ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा कासेमिरोको गोल मद्दतमा रियल मड्रिडले रेलिगेसन जोनमा रहेको रियल भालाडोलिडलाई १–०ले हरायो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६५ औं मिनेटमा टोनी क्रुसको पासमा क्यासिमिरोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए।
ला लिगामा लागतार चौथो जित निकालेको रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी ३ अंकमा झारेको छ। २३ खेलमा एट्टिकोको ५५ अंक छ भने दोस्रो स्थानको रियलको २४ खेलमा ५२ अंक छ । २ खेल कम खेलेको बार्सिलोना ४६ अंकका साथ तेस्रो स्थानमा छ ।
शनिबार राति नै भएकमा ला लिगाका अन्य खेलमा इल्चेले इबारलाई १–०ले हरउाँदा भ्यालेन्सियाले सेल्टा भिगोमाथि २–०को जित निकाल्यो।