रियल मड्रिडले सोसिडाडलाई हरायो, शीर्ष स्थानमा ८ अंकको अग्रता

स्पेसिन ला लिगमा रियल मड्रिडले सनदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पुनः एक पटक ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियरले उत्कृष्ट प्रदर्शन गरेपछि रियल मड्रिडले रियल सोसिडाडमाथि २–०को जित निकाल्यो।

यो जितसँगै रियलले शीर्ष स्थाना ८ अंकको स्पष्ट अग्रता बनाएको छ । रियललेका १६ खेलमा ३९ अंक भएको खेलमा दोस्रो स्थानमा रहको सेभियाको ३१ अंक छ। तर, उसले १ खेल कम खेलेको छ। सोसिडाड भने २९ अंकसहि चौथो स्थानमा छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमै रियलले अग्रता लियो । ४७औं मिनेटमा भिनिसियसले लुका जोभिकको पासमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । ५७औं मिनेट जोभिकले नै गोल गरेपछि रियलले २–०को अग्रता लियो। उनले कासिमिरोको पासमा गोल गरेका थिए।

खेलमा बल पोसेजन राम्रो बनापनि सोसिडाडले गोल भने गर्न सकेन । उसले ५३ प्रतिशत बल पोजेसन बनाउँदै ११ सट प्रहार गर्दा कुनै पनि सट फ्रेममा थियो । यता रियलले १३ सट प्रहार गर्दा ८ सट फ्रेममा थियो।