इजिप्टको क्लबमाथि सनदार जित निकाल्दै रियल क्लब विश्वकपको फाइनलमा

Read Time:1 Minute

स्पेनिस जाइन्ट रियल म्याड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति मोरक्कोमा भएको खेलमा इजिप्टको अल अहलीमाथि ४–१को सानदार जित निकाल्दै रियल फाइनलमा पुगेको हो।

अब उसले उपाधिका लागि शनिबार राति साउदी अरेबियान क्लब अल हिलालको सामाना गर्ने छ। हिलाल ब्राजिलियन क्लब फ्लेमेङ्गोलाई हराउँदै फाइनल पुगेको हो।

४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा रियलले अग्रता लियो। पहिलो हाफमा १–० ले अघि रहेको रियलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो।

४६औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। ६५ औं मिनेटमा अल अहलीका अली मालोउलले पेनाल्टीमार्फत गोल गर्दै अग्रता टिमलाई खेलमा फर्काउने प्रयास गरे।

८७औं मिनेटमा रियलले अग्रता बढाउने मौका गुमायो। प्राप्त पेनाल्टीमा लुका मोड्रिच चुके । मोड्रिचको प्रहार अल आलीका गोलकिपर मोहम्मद अल सेनावीले बचाएका थिए।

तर, खेलमा रियलले थप २ गोल गरेको थियो । उसका रोड्रिगो र सर्जियो आरिबासले गोल गरेपछि रियलले ४–१ को निकाल्यो ।

Happy
Happy
22 %
Sad
Sad
0 %
Excited
Excited
56 %
Sleepy
Sleepy
0 %
Angry
Angry
11 %
Surprise
Surprise
11 %
Previous post लिड्ससँग रोकियो युनाइटेड
Next post मेसी र नेमारले जोगाउन सकेनन् पिएसजीको हार, मार्सेलीसँग २–१ले पराजित
Close