मड्रिड डर्बीमा रियलको सान, चम्किए भिनिसियस

सिजनको पहिलो मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ। ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियरले उत्कृष्ट प्रदर्शन गरेपछि रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–०ले हरायो।

रियलको जितमा कप्तान करिम बेन्जिमा र मार्को ओसेन्सियोले गोल गरेका थिए । दुवै गोलका लागि भिनिसियसले पास उपलब्ध गराएका थिए। रियलले दुवै हाफमा समान १ गोल गरेको थियो।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा बेन्जिामाले १६औं मिनेटमा रियललाई अग्रता दिलाए । यो गोलमा बेन्जिमा, ओसेन्सिो र भिनिसियसको राम्रो कम्बिनेसन थियो । भिनिसियसले उपलब्ध गराएको ट्रिकी पासमा बेन्जिमाले भलीमार्फत गोल गरेका थियो ।

पहिलो हाफ १–०मै सकियो । तर, ५७औं मिनेटमा रियलल अग्रता दोब्बर बनायो । यो पटक भिनिसियसकै पासमा ओसेन्सियोले गोल गरेका थिए।

जतसँगै रियलले शीर्ष स्थानमा ८ अंकको अग्रता लिएको छ। रियलको १७ खेलबाट ४२ अंक छ भने दोस्रो स्थानमा रहेको सेभियाको १६ खेलमा ३४ अंक छ। पराजित एट्लेटिको भने १६ खेलबाट २९ अंकमात्र रहेको छ।