स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको ग्रानडामाथि ४–१को सानदार जित निकालेको हो।
यो जितसँगै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १३औं चरणका खेल सकिँदा रियलले ३० अंक बनाएको छ। रियल सोसिडाड २९ अंकसहित दोस्रो स्थानमा रहँदा २८ अंक जोडेको सेभिया तेस्रो र २६ अंक बनाएको एथ्लेटिको मड्रिड चौथो स्थानमा छ । ११ अंक बनाएको ग्रानडा १७औँ स्थानमा छ ।
रियलको सहज जितमा मार्को एसेन्सियो, नाचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले १–१ गोल गरे । घरेलु टोली ग्रानडाका लागि लुइस जाभियर सुआरेजले एक गोल फर्काए ।
मार्को असेन्सियोले २५औं र नाचो फर्नान्डेजले २५औं मिनेटमा गोल गरे । ग्रानडाका लुइस सुआरेजले पहिलो हाफमा एक गोल फर्काएका थिए । तर दोस्रो हाफमा भिनिसियस जुनियरले ५६औं मिनेटमा गोल गरेपछि रियलले ३–(१ को अग्रता बनायो ।
६७औं मिनेटमा मोन्चुले रातो कार्ड पाएपछि ग्रानडा १० खेलाडीमा समेटियो । त्यसको दुई मिनेटपछि ग्रानडाका प्रशिक्षक रोबर्टो मोरेनोले पनि रातो कार्ड पाए। त्यसपछि रियलका लागि फर्लान मेन्डीले ७६औं मिनेटमा चौथो गोल गरे ।