°
, June 1, 2023 in

भिनिसियस र बेन्जिमाको गोलमा सेभियाविरुद्ध रियलको पुनरागमन जित

SHARE:

खेल सकिन तीन मिनेटअघि गोल गरेपछि ला लिगामा रियल मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा भिनिसियस जुनियर र करिम बेन्जिमाको गोल मद्दतमा रियलले सेभियाविरुद्ध १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को जित निकाल्यो।

सान्टियागो बर्नाबेउमा अग्रता सेभियाले लियो । राफा मिरले खेलको १२औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर, ३२औं मिनेटमा करिम बेन्जामाले रियलका लागि बराबरी गोल गरे।

८७औं मिनेटमा भिनिसियसले एडर मिलिटाओको पासमा गोल गर्दै रियललाई २(१ को जित दिलाए । जितपछि १४ खेलबाट ३३ अंक जोडेर रियल शीर्ष स्थानमा छ । रियल सोसिडामड स्पानयोसंग १(० ले पराजित हुँदा रियललाई फाइदा समेत पुगेको छ । सेभिया १४ खेलबाट २८ अंकसहित चौथो स्थानमै छ ।

यस्तै एट्लेटिको मड्रिडले काडिजलाई ४(१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । एट्लेटिकोका लागि थोमल लेमार, एन्टोनी ग्रीजमन, एन्जन कोरेअ र माथुज कुन्हाले गोल गरे । काडिजका लोजानोले एक गोल फर्काए ।

जितपछि एट्लेटिको १४ खेलबाट २९ अंक जोड्दै सोसिडाडलाई गोल अन्तरमा पछि पारेर दोस्रो स्थानमा उक्लेको हो । १५ खेल खेलेको सोसिडाड तेस्रो स्थानमा झरेको छ ।

यस्तै जुअनमीको ह्याट्रिकमा रियल बेटिसले लेभान्टेलाई ३–१ ले पराजित गरेको छ । जितपछि १५ खेलबाट २७ अंक जोडेर बेटिस पाँचौ स्थानमा छ ।

SHARE: