स्पेनिस ला लिगामा रियल मड्रिडले पुनरागमन जित निकालेको छ। आइतबार राति भएको खेलमा रियलले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै रियलले सेभियामाथि ३–२को जित निकालेको हो।
रियलको जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जेमाले गोल गरे भने सेभियाका इभान राकिटिच र एरिक लामेलाले गोल गरे।
२१औं मिनेटमा इभान राकिटिचले फ्रिकिकमा गोल गर्दै सेभियालाई अग्रता दिलाए। २५औं मिनेटमा एरिक लामेलाले जेसस कोरोनाको पासमा गोल गरेपछि सेभियाले रियलविरुद्ध २–० को जित निकाल्यो।
पहिलो हाफमा २–०ले पछि परेको रियलले ५०औं मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गर्यो। रोड्रिगोले ड्यानी कार्भाजलको पासमा गोल गरेका थिए। ८२औं मिनेटमा नाचो फर्नान्डेसले कार्भाजलकै पासमा गोल गरेपछि रियलले खेललाई २–२ को बराबरीमा ल्यायो।
त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा रोड्रिगोको पासमा कप्तान बेन्जिमाले गोल गर्दै रियललाई जित ३–२को पुनरागमन जित निकाल्यो।
जितसँगै रियलले शीर्ष स्थानमा १५ अंकको अग्रता लिएको छ। रियलको ३२ खेलबाट ७५ अंक छ भने दुई खेल कम खेलेको बार्सिलोना र समान खेल खेलेको सेभिया र एट्लेटिको म्याड्रिडको समान ६० अंक छ।