°
, June 7, 2023 in

भिनिसियस चम्किँदा रियलको जित

SHARE:

ब्राजिलिया युवा स्टार भिनियिस जुनियरको उत्कृष्ट प्रदर्शन मद्दतमा स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। बिहीबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले भ्यालेन्सियामाथि २–०को जित निकाल्यो।

रियलको जितमा भिनिसियससँगै मार्को असेन्सियोले गोल गरेका थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

खेलको पहिलो हाफ निराजनक प्रदर्शन गरेको रियलले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन ग¥यो। दोस्रो हाफको सुरुआतबाटै आक्रामक बनेको रियलले २ मिनेट अन्तरमा २ गोल गर्दै उत्कृष्ट सुरुआत गरेको थियो ।

५२औं मिनेटमा उसका असेन्सियोले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए। ५४औं मिनेटमा काउन्टरमा सेन्टर नजिकबाट एक्लै बल लैजान्दै भिनिसियसले रियलको अग्रता दोब्बर बनाए।

यो खेलसँगै भिनिसियस रियलका लागि २ खेल खेल्ने तेस्रो कान्छो खेलाडी बनेका छन्। उनीभन्दा अघि राहुल र इकर कासिलास छन्। भिनिसियसले ४९ गोल गरेका छन्।

भ्यालेन्सियाले खेलको अन्त्य १० खेलाडीमा रहेर ग¥यो । उसका गाब्रिएल पाउलिस्टाले भिनिसियस जुनियरमाथि खराब फाउल गरेपछि ७२औं मिनेटमा सिधै रातो कार्ड पाएका थिए।

त्यसपछि गोल नहुँदा रियल विजयी भयो । जितका बाबजुद रियललाई खेलाडीको चोट भने समस्या बनेको छ। उसका सेन्ट्रल डिफेन्डर इडर मिलिटाओ घाइते हुँदै पहिलो हाफमै मैदान छाडेका थिए भने कप्तान करिब बेन्जिमा पनि दोस्रो हाफमा घाइते हुँदै मैदान छाड्न बाध्य भए।

यो जितपछि रियलले शीर्ष स्थानमा बार्सिलोनासँगको दुरी ५ अंकमा झारेको छ। रियलको १९ खेलबाट ४५ अंक छ भने भ्यालेन्सिया समान खेलबाट २० अंकसहित १४ औं स्थानमा छ।

SHARE: